Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ८ साउन २०८० । झापा प्रहरीले १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका-१ का ५५ वर्षिय चित्र बहादुर भनिने पृथ्वी बहादुर कार्की रहेका छन् ।

झापा जिल्ला अदालतको २०७८ चैत १० गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा फरार रहेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले यहि साउन ६ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । फैसला कार्यन्वयनको निमित्त आईतबार जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको प्रवक्ता रिजालले बताउनुभयो । पक्राउ परेका कार्कीलाई २ महिना कैद २ हजार जरिवाना र पिडित कोषमा २ सय जम्मा गर्नुपर्ने सजाय तोकिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया