Online Bichar
मंगलबार, बैशाख २५, २०८१ | Tuesday, May 7, 2024

शान्ति सुब्बा
गौरादह, ४ साउन २०८० । करोडौ रकम ठगी गरेर फरार भएका सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मालाई झापा प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका वडा नं.१ स्थित बजार घर भएका ५१ वर्षिय विश्वकर्मालाई स्थानीय जनप्रतिनिधि र प्रहरीको विशेष समन्वयमा आज(बिहिबार) साँझ काँकडभिट्टाको एरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

व्यवसायी विश्वकर्माले स्थानीयहरुको रकम हिनामिना गरी असार १४ गते देखि सम्पर्क विहिन भएको जाहेरी अनुसार असार २४ गते ठगी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यवसायी विश्वकर्मालाई हाल जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेकोले अनुसन्धान पश्चात सार्वजनिक गरिने प्रवक्ता रिजालले बताउनुभएको छ । यस्तै, गौरादह नगरपालिका-१ का वडाध्यक्ष तथा प्रवक्ता नगेन्द्र भण्डारीका अनुसार आजसम्म विश्वकर्माबाट ठगिएका ५ सय भन्दा बढी पिडितले निवेदन दिएका छन् भने २८ करोड भन्दा बढि रकम दाबीमा परेको जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया