Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ३० असार २०८० । देशका विभिन्न भागमा परेको अविरल बर्षाले जनजीवन प्रभावित भएको छ । विभिन्न समयमा लगातार आएको वर्षाको कारण झापाका विभिन्न पालिकामा डुबान कटान र क्षतिको समस्या देखिएको छ ।

असार २६ गते राती देखी परेको अविरल बर्षाको कारण झापाको गौरादह नगरपालिका वडा नं.५ स्थितमा रहेको चान्दु खोल्सीमा कलभर्ट, खेत तथा नालीहरुको पानी प्रवेश गर्दा उक्त खोल्सी भरीएर खोल्सी नजिकै रहेको चप्रामारी सुकुम्बासी बस्तिमा बस्ने २६ वर्षिय सानु ऋषिदेव र ३६ वर्षिय टिकाराम ऋषिदेवको फुसको छानो भएको भुई तले घरहरुमा सामान्य पानी पसेको छ भने, सानु रिसिदेवको घर पछाडी चान्दु खोल्सी छेउमा रहेको रिङवाला कच्ची ट्वाईलेट बगाएको छ ।

२७ र २८ गते परेको अविरल वर्षाको कारण जिल्ला गौरादह नगरपालिका वडा नं. ५ चप्रामारी डुब्बाटोल स्थितमा चान्दु खोला र रतुवा खोलाको बाँध पानीले कटान गरी सोही ठाउँ बस्ने २६ घरधुरीमा उक्त खोलाको पानी सामान्य घर भित्र पस्दा डुबान भई १ सय १५ घर परिवार प्रभावित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस्तै, २८ गते राती परेको अविरल वर्षाको कारण दमक नगरपालिका वडा नं.४ ताराबारी स्थित रहेको मावा खोलामा बाढी आई खोला किनारको खाली ऐलानी जग्गा अन्दाजी ५० मिटर लम्बाई र ५ मिटर चौडाई कटान गरेको छ । उक्त स्थानमा अस्थाई प्रहरी पोष्ट ताराबारीबाट प्रहरी टोली खटि गई सोही वडा नं. ४ संगको संयुक्त पहलमा कटान भएको स्थानमा बाँसको झ्याङ हाली रोकथाम गरीएको छ भने, उक्त कटानबाट अन्य क्षति नभएको प्रहरीले जनाएको छ ।

२९ गते दिउँसो ३ः४० बजेको समयमा कमलखोलामा आएको बाढीले गौरीगंज गाउँपालिका वडा नं.२ लालमाटी दशगंजा स्थितमा रहेको १४०/१५ न. को पिलरलाई बगाएकोले खोजी कार्य भइरहेको जनाइएको छ ।

अविरल वर्षाका कारण २७ गते हल्दिबारी गाउँपालिका वडा नं. ५ सौडागान्धि स्थित हुलाकी राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश १-०१-१३ प ३३०१ नं. को मोटरसाइकललाई सौडागान्धि खोलामा आएको बाढीले चालक सहित बगाएकोमा प्रहरी चौकी जलथल र सोही स्थानका स्थानियबासीहरुको सहयोगमा मोटरसाइकल चालक भद्रपुर नगरपालिका वडा नं. ७ बस्ने ३५ वर्षिय सौरव नेपाललाई सकुशल उद्धार गरेको र मोटरसाइकललाई खोलाले बगाई लगेकोमा खोजतलास गर्दै जादाँ अन्दाजी १०० मिटर तल फेला परेको उक्त मोटरसाइकलमा सामान्य क्षति भएको जनाइएको छ ।

यस्तै, अविरल वर्षाका कारण २८ गते बाह्रदशी गाउँपालिका वडा नं. २ स्थित सुकुम्बासी बस्तिमा अदुवा खोलामा पानीको बहाव बढेको हुँदा जोखिम हुनसक्ने भएको भन्दै सुकुम्बासी बस्तिका ४५ घरधुरिमा १ सय ५० परिवारलाई ईलाका प्रहरी कार्यालय राजगढ झापाबाट खटिएको प्रहरी टोली र जनप्रतिनिधी, स्थानियबासीहरुको सहयोगमा सुरक्षित स्थान सोही ठाउँको वडा नं. २ स्थित दक्षिणेश्वर शिवालय मन्दिरमा सारिएकोमा उक्त खोलाको पानीको बहाव कम भएकोले सोही साँझ सबै जना आफ्नो घरमा फिर्ता पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया