Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

झापा, ३० असार २०८० । चार्जमा राखेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । झापाको गौरीगञ्ज गाउँपालिका-१ स्थित टुनुबस्तीकी जगतबहादुर बुढाथोकीकी ५५ वर्षीया श्रीमती शिला बुढाथोकीको मृत्यु भएको हो। शुक्रबार (हिँजो) दिउँसो खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा उनलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेतमा काम गरेर घर फर्केको अवस्थामा चिसो हातले मोबाइल फोन छुँदा करेन्ट लागेको जनाइएको छ । मृतकको शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल लगी परिवारजनलाई शव जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया