Online Bichar
सोमबार, आश्विन ०८, २०८० | Monday, September 25, 2023

सल्यान, २१ असार २०८० । यात्रुवाहक बसमा करेन्ट प्रवाह हुँदा घाइते भएकाथप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको बसमा करेन्ट प्रवाह हुँदा छत्रेश्वरी–६ का ३६ वर्षीय महेन्द्र वलीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी सल्यानका सूचना अधिकृत एवं प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए । उनी बसका धनी रहेको खुलेको छ ।

बिहीबार बिहान गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । तुलसीपुरबाट छुटेको रा १ ख ८३४ नम्बरको बस सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै जाँदा उक्त घटना घटेको हो ।

बुधबार राति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

घटनामा रोल्पाको दलसिंगेका ७० वर्षिय कालुराम डाँगी र ४० वर्षिय टोपीलाल डाँगीको मृत्यु भएको थियो । उनीहरु दुवै जना बाबु र छोरा हुन् ।-कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया