Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २० असार २०८० । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ११ महिनामा ५० हजार भन्दा बढी सवारी र तिनका चालकलाई कारबाही गरेको छ । नियम पालना नगर्ने सवारी ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन् ।

चालु आर्थिक वर्षको जेठ महिनासम्म ५० हजार तीन सय सवारी साधन र तिनका चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए ।

सवारीको स्वरूप बिगार्ने, मापसे गरेर चलाउने, नियम उलङ्घन गर्ने, सवारी चालक अनुमति पत्र विना चलाउने लगायतका विषयमा ट्राफिक प्रहरीले चालकमाथि कारबाही गरेको छ ।

सवारी र तिनका चालकमाथि कारबाही गरेर झापा ट्राफिक प्रहरीले तीन करोड ४५ लाख १४ हजार रुपैयाँ जरिवाना तिराएको छ । मापसे गरेर सवारी चलाउने चालकबाट मात्रै १९ लाख रुपैयाँ जरिवाना असुल भएको प्रहरी सहायक निरीक्षक खड्काले बताए ।

 

तपाईको प्रतिक्रिया