Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २० असार २०८० । आगामी ३ दिन देशका प्रमुख नदीहरुको जलसतह बढ्दो हुने तर सतर्कता तह भन्दा तलै रहने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज झापा, ईलाम, पाँचथर, सिराहा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र आसपास भई बहने केहि स-साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने तथा केहिमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरिएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, रसुवा, काभ्रेप्लान्चोक, ललितपुर, नुवाकोट, गोरखा, लमजुङ, कास्की, पाल्पा, स्याङजा, डोटी र आसपास भई बहने केहि स-साना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

यस्तै, भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केहि स-साना नदीहरुमा बहाब बढ्न सक्ने पूर्वानुमान गरिएको छ । असार २२ गते कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश भई बहने केहि स-साना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

आज बिहान गरिएको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा जलसतह बढ्दो हुनसक्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

 

तपाईको प्रतिक्रिया