Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १९ असार २०८० । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित झापाको शिवसताक्षी र कमलका २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नं.९ झरना टोल बस्ने २४ वर्षिया झरना बि.क र उनको साथी कमल गाउँपालिका वडा नं.३ बस्ने २४ वर्षिया सन्ध्या राई रहेका छन् ।

बि.क ले आफ्नै घरमा प्रतिबन्धित लागुऔषध बिक्रि वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्दा घर भित्र लुकाई छिपाई राखेको अवस्थामा ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । उनिहरु दुवैलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता रिजालले बताउनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया