Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १८ असार २०८० । आज झापा, ईलाम, पाँचथर आसपास भई बहने केहि स-साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने तथा केहिमा आकस्मिक बाढीको जोखिम रहने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मोरंग, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही , रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, स्याुङजा, पाल्पा, गुल्मी, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, कञ्चनपुर आसपास भई बहने केहि स-साना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

आज बिहान गरिएको मापन अनुसार आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा जलसतह बढ्दो हुनसक्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको छ ।

यस्तै, भोलि कोशी प्रदेश, मधेस प्रदेश, कर्णली र गण्डकी प्रदेश भई बहने केहि स-साना नदीहरुमा बहाब बढ्न सक्ने पूर्वानुमान गरिएको छ । असार २० गते बुधबार कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई भू-भाग भई बहने केहि स-साना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

 

तपाईको प्रतिक्रिया