Online Bichar
मंगलबार, बैशाख २५, २०८१ | Tuesday, May 7, 2024

शान्ति सुब्बा
गौरादह, १७ असार २०८० । झापाको गौरादहमा दुई साताअघि मात्र सामान्य प्रसुति सेवा दिन सुरु गरिएको गौरादह नगर अस्पतालमा आज पहिलो पटक एक महिलाको प्रसूति गराइएको छ । गौरादह नगरपालिका वडा नं. ९ बैगुन्धुरा कि २० वर्षिया फुल कुमारी ऋिसिदेवले सामान्य अवस्थामा छोरी जन्माउनु भएको हो ।

अस्पतालका नर्सिङ कर्मचारी बबिता कुमारी सिंह र ममता बुढाथोकीको टोलीले सामान्य अवस्थामा नै २ किलो २०० ग्रामको बच्चा डेलिभरी गराएका हुन्  । हाल आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको गौरादह नगर अस्पतालका सूचना अधिकारी रामकृष्ण जोशीले जानकारी दिनुभयो । गर्भवती महिलाहरुका लागि निःशुल्क एम्बुलेन्सको सेवा रहेकाले सोहि एम्बुलेन्स मार्फत ऋिसिदेवलाई अस्पताल सम्म ल्याइएको जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

यसैबीच, नगर अस्पतालमा प्रसुती गराए बापत सुत्केरी महिलालाई नेपाल सरकारले दिँदै आएको यातायात खर्च अन्तर्गतको १ हजार अस्पतालले प्रदान गर्ने जनाइएको छ भने, पोषण भत्ता स्वरुप २ हजार खर्च दिइनेछ । पोषण भत्ताका लागि भने बच्चा जन्मिएको ३५ दिनभित्र आफ्नो वडामा बच्चाको जन्मदर्ता गराएको हुनुपर्ने र बि.सि.जि खोप लगाएको प्रमाण हुनुपर्ने छ । प्रमाण सहित गौरादह नगरको स्वास्थ्य शाखामा पेश गर्नुपर्ने सूचना अधिकारी जोशीले बताउनुभयो छ ।

गौरादह नगरपालिका-१ मा रहेको पुरानो स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी २०७९ असोज १ गतेबाट गौरादह नगर अस्पताल सञ्चालनमा ल्याइएसँगै चैत १५ गतेदेखि १५ वटा बेड सहितको २४सै घण्टा इमरजेन्सी सेवा सुरु गरिएको यस अस्पतालमा यही असार ३ गतेदेखि सामान्य प्रसुति सेवा सञ्चालनमा आएको हो ।

 

 

तपाईको प्रतिक्रिया