Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १२ असार २०८० । यो बर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार डाक्टर मिङमार गेल्जेन शेर्पा र मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार निरु कुमार प्रधानलाई प्रदान गरिने भएको छ ।

मंगलबार मदन भण्डारी फाउण्डेसनले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महेन्द्र बहादुर पाण्डेले यो बर्ष स्वास्थ्य क्षेत्र र खेल क्षेत्रमा योगदान पुर्‍याउनेलाई पुरस्कार वितरण गरिने जानकारी दिनुभएको हो । आगामी १४ गते मदन भण्डारीको ७२ औँ जन्मजयन्तीको अवसरमा गरिने विशेष कार्यक्रममा नगद १ लाख सहित सम्मानपत्र वितरण गरिने जनाईएको छ ।

फाउण्डेसनले २०६८ सालदेखि मदन भण्डारी राष्ट्रिय पुरस्कार र २०७८ साल देखि मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गर्दे आएको छ ।

तपाईको प्रतिक्रिया