Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १२ असार २०८० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तको स्वागत र विदाईका लागि अब तीन जना मात्र जाने पाइने भएको छ।

विमानस्थल कार्यालयका अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरूको संख्या बढ्दै जाँदा भवन बाहिरको स्थानमा सीमितता रहेका कारण यात्रुको विदाईका लागि तीन जनामात्र जान पाउने व्यवस्था गरिएको हो।

विमानस्थलले मंगलबार ‘विमानस्थल भीडभाड नियन्त्रण बारेको अपिलु गर्दै यात्रुको बिदाइ तथा स्वागत गर्न आउने आफन्त लगायतको भीडभाडले विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको जनाएको छ।

यात्रु निस्कने ठाउँमा दुर्घटना हुने जोखिम भएको तथा यात्रुको सहज आवतजावतमा समस्या भएकाले यस्तो व्यवस्था गरिएको उक्त सूचनामा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया