Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १२ असार २०८० । हाल देशमा मनसुनी वायुको प्रभाव रहेकोले देशभर आँशिक देखि सामान्य बदली रहेको छ । जसका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग को मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने, मधेस प्रदेशका र कोशी प्रदेशको र तराईका धेरै स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा हुरीको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।
राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेश प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

भोली दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ।

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको छ।

१४ गते बिहबिार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, र सुदुर पश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ।

राती देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कोशी, मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोशी, बागमती, गण्डकी, लुम्बिनी सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यिनै प्रदेशहरुको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना र मधेश प्रदेशमा र कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईको थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग र हावाहुरीका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया