Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

बैतडी, १० असार २०८० । निरन्तरको वर्षाका कारण पहिराले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलेको छ ।

उक्त राजमार्ग अन्तर्गत बैतडीको श्रीभावरमा शनिबार राति पहिरो खस्दा यातायात सेवा पूर्ण रुपमा बन्द भएको थियो ।

सडकमा खसेको पहिरो इस्काभेटरले पन्छाएपछि राजमार्ग सुचारु भएको बैतडीका प्रहरी निरीक्षक, योगेश खत्रीले जानकारी दिनुभयो ।

पहिरो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको र रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

 

तपाईको प्रतिक्रिया