Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

विराटनगर, ९ असार २०८० । पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक शिरीष रिजालको निधन भएको छ । विराटनगर महानगरपालिका-२ का बासिन्दा रिजालको शुक्रबार राति मृत्यु भएको हो ।

रिजालले केही दिनअघि ढाडको शल्यक्रिया गरेका थिए । शुक्रबार राति गाह्रो भएपछि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

रिजाल विराटनगरका उद्योगी पनि हुन् । उनी नेपाल जुट मिल्स प्रालीका सञ्चालक हुन् । उनका दुई छोरी र एक छोरा छन् ।

तपाईको प्रतिक्रिया