Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ९ असार २०८० । आज र भोली महाकाली र यसका सहायक नदीहरुमा जलसतह उल्लेख्य बढ्ने र केहिमा सतर्कता तह सम्म पुग्न सक्ने पूर्वानुमान रहेकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी ३ दिन कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएपनि बढ्दो हुने रहेकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज बारा, पर्सा, काभ्रेप्लाञ्चोक, सिन्धुली, चितवन, कास्की, पर्वत, नवलपरासी(ब.सु पूर्व), नवलपरासी(ब.सु पश्चिम), रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, बझाङ र दार्चुला आसपास भई बहने केहि ससाना नदीहरुमा आकस्मिक बहावको जोखिम रहने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । संखुवासभा, ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, सुर्खेत, दैलेख, अछाम, बाजुरा आसपास भई बहने केहि ससाना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

आज बिहानको मापन अनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको जनाएको छ ।

भोली गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेश भइ बहने केहि स-साना नदीहरुमा बहाब बढ्न सक्ने पूर्वानुमान गरिएको छ । यस्तै, सोमबार पनि गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेश भइ बहने केहि स-साना नदीहरुमा बहाब बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया