Online Bichar
मंगलबार, आश्विन २२, २०८१ | Tuesday, October 8, 2024

काठमाडौं, ८ असार २०८० । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई निःशुल्क उपचार नगराउने अस्पतालहरुलाई कारबाही गर्ने बताउनुभएको छ ।

शुक्रबार मन्त्रालयले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा सार्वजकि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विपन्न, गरिब, असहाय र बेवारिसे नागरिकहरुलाई निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने बताउनुभएको हो ।

उहाँले अस्पताल सञ्चालनका लागि सरकारसँग अनुमति लिदाँ १० प्रतिशत उपचार विपन्न, गरिव, असहाय, बेवारिसे बिरामीहरुलाई निःशुल्क गर्न गरिएको सम्झौता कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

मन्त्री बस्नेतले दशकौंदेखि सो सम्झौता कार्यान्वयन हुन नसकेको अवस्थामा आफू स्वास्थ्य मन्त्रालयमा आएसँगै कार्यान्वयन हुन थालेको बताउनुभयो ।

उहाँले आफू सुर्तिजन्य पद्धार्थमा कर बढाउनका लागि लागिपरिरहेको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया