Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ६ असार २०८० । आज ताप्लेजुङ, पाँचथर संखुवासभा, तेह्रथुम, भोजपुर, इलाम, झापा र मोरङ भई बहने केहि स-साना नदीहरुमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ । नेपाल बाढी सूचनाले आज बिहान दैनिक बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै आज तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने रहने पूर्वानुमान गरेको छ ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको जनाएको छ । आज ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, इलाम, झापा र मोरङ भई बहने केहि स-साना नदीहरुमा बहाब बढ्न सक्ने तथा केहिमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ । धनकुटा, सुनसरी, सिन्धुपाल्चोक, कास्की, लमजुङ, गोरखा आसपास भई बहने केहि स-साना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

यस्तै, भोलि कोशी प्रदेशको तराई भू-भाग बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भाग भई बहने केहि स-साना नदीहरुमा बहाब बढ्न सक्ने तथा केहिमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ । लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भाग भई बहने केहि स-साना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।
असार ७ गते गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका केहि स-साना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया