Online Bichar
मंगलबार, आश्विन ०९, २०८० | Tuesday, September 26, 2023

झापा, ४ असार २०८० । झापामा प्रतिबन्धित लागुऔषध सहित कमल र इलामका गरि ३ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले आईतबार ६ बजेको समयमा झापा गाउँपालिका वडा नं.४ स्थित बाट भारतबाट नेपाल तर्फ आउदै गरेको को.२६ प.८१४० नं.को मोटरसाइकललाई शंका लागी चेकजाँच गर्दा मोटरसाईकल चालक इलाम चुलाचुलि गाउँपालिका वडा नं.२ बस्ने २६ वर्षिय सुशिल आङदेम्बे र सोही मोटरसाइकल पछाडी सवार सोहि ठाउँ बस्ने २६ वर्षिय सुरज लावती लिम्बुको साथबाट ८ ग्राम २२० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनिहरु दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखि थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

यस्तै, ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोमबार(आज) ४ बजेको समयमा दमक नगरपालिका वडा नं.८ डाफे चौक स्थित बाट कमल गाउँपालिका वडा नं.४ बस्ने ३६ वर्षिय टेकेन्द्र कटुवाललाई शंका लागी चेकजाँच गर्दा २ ग्राम ५०० मिलि ग्राम ब्राउन सुगर र सादा मोबाईल सेट १ थान फेला परेको प्रवक्ता रिजालले जानकारी दिनुभयो । कटुवाललाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धान कार्य भई रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया