Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

बिर्तामोड, ४ असार २०८० । झापामा एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका –६ निवासी २८ वर्षीय ‘दीपेन्द्र’ भन्ने देवेन्द्र थापा रहेको झापा जिल्ला कारागार भद्रपुरले जनाएको छ ।

आइतबार साँझ उहाँको स्वास्थ्यमा समस्या भएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उहाँको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको झापा कारागार प्रमुख मोहनलाल पनेरुले जानकारी दिनुभयो ।

लागूऔषध मुद्दामा २०७८ साल असार १६ गतेदेखि कारागारमा जेल जीवन बिताई रहनुभएका थापाको कैद समयावधि अझ ५ वर्ष बाँकी थियो ।गोरखापत्र अनलाइनबाट साभार

 

तपाईको प्रतिक्रिया