Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

काठ्माडौं, १ असार २०८० । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। कार्कीको शपथ ग्रहण आजै अपराह्न सवा ५ बजे हुनेछ।

शुक्रबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको थियो। कार्की वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस भएका थिए।

त्यतिबेला संसदीय समिति गठन नै नभएका कारण बिहीबारदेखि मात्रै उनको सुनुवाइ सुरू भएको थियो। बिहीबार उनले आफ्नो वार्षिक कार्ययोजना र योग्यता प्रस्तुत गरेका थिए।

 

तपाईको प्रतिक्रिया