Online Bichar
शुक्रबार, आश्विन १८, २०८१ | Friday, October 4, 2024

काठ्माडौं, १ असार २०८० । स्वास्थ्य मन्त्रालयले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचानमा रोक लगाएको छ । मन्त्रालयले भ्रुणको लिङ्ग पहिचानको काम नगर्न र नगराउन पनि आह्वान गरेको हो ।

मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई पत्राचार गर्दै भ्रुणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्नरनगराउन निर्देशन दिइएको जनाउनु भएको हो ।

अटेर गरेमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने पनि परिपत्रमा उल्लेख रहेको छ । मन्त्रालयको परिपत्र देखिने गरी स्वास्थ्य संस्था एवं प्रयोशागालाहरु टाँस्न पनि भनिएको छ ।

राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैङ्गिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिङ्ग छनोटको अन्त्यका लागि भ्रुणको लिङ्ग पहिचानमा रोक लगाइएको जनाएको हो ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १७ मा गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनतः दण्डनीय अपराध मानेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

 

तपाईको प्रतिक्रिया