Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

भद्रपुर, ३० जेठ २०८० । भद्रपुर नगरपालिकाका पूर्व वारुणयन्त्र चालकको पैनीमा डुबेर मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा भद्रपुर नगरपालिका-९ स्थित शान्तिचोक बस्ने ७५ वर्षीय जीवनकुमार थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भद्रपुर-८ स्थित मेची बहुमुखी क्याम्पस पूर्वपट्टि बग्ने पैनीमा डुबेको अवस्थामा उनको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठिक नभएका थापा सोमबार साँझ घरमा कसैलाई जानकारी नगराई हिँडेका थिए ।

परिवारजनले उनको खोजी गर्ने क्रममा आज बिहान मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीले शवको कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया