Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

तिलोत्तमा, ३० जेठ २०८० । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो उडान भरेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि मंगलबारबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको हो ।

क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गरे । उनले यस उडानले उत्साह थपेकाले निरन्तरता दिन मन्त्रालयले आफ्नो करत गरिरहने बताए ।

१ सय ५८ सिट क्षमताको नेपाल एयरलाइन्सको न्यारोबडी विमानले भैरहवाको पहिलो उडानमा ९० जना यात्रु लिएर आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले बताए । उनका अनुसार ३२ जना नागरिक भैरहवामै अवतरण गरे भने अन्य काठमाडौं फर्किएका हुन् ।

नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा–काठमाडौंको उडान ‘टर्न–अराउन्ड’ हो । हरेक मंगलबार हुने यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किने, भैरहवाबाट यात्रु राख्न नपाइने, चालक दलका सदस्य पनि हेरफेर नहुने र इन्धन पनि भर्न पाउँदैन । ४ घन्टा ४५ मिनेट मा मलेसियाबाट भैरहवाको उडान तय हुन्छ भने भैरहवामा यात्रु ओरालेर निगमको जहाज काठमाडौं जाने छ ।

निगमले अहिले मलेसिया–भैरहवाको भाडा ३१ हजार र मलेसिया–काठमाडौं ५६ हजार रुपैयाँ भाडादर तोकेको बताएको छ ।कान्तिपुरबाट

 

 

तपाईको प्रतिक्रिया