Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २९ जेठ २०८० । काठमाडौं महानगरपालिकाले दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका दुई वटा अस्पताल सिल गरेको छ ।

महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हो ।

अनुगमनका क्रममा दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । महानगरका अनुसार अस्पताल भित्र सञ्चालित फार्मेसी विना दर्ता सञ्चालन भइरहेको पाइएको छ ।

तपाईको प्रतिक्रिया