Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २५ जेठ २०८० । सरकारले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म तीन महिना कुनै पनि बहानामा सडक नखन्न निर्देशन दिएको छ ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले वर्षा यामका तीन महिना सडक खन्न रोक लगाएको हो ।

वर्षायाममा सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने भएकाले सडक खन्न रोक लगाइएको सो कार्यालयले जनाएको छ । कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

देशभरका सडक डिभिजन तथा मातहतका कार्यालयहरूलाई पनि चुस्त अनुगमन गर्न भनिएको छ । असार लागेपछि बजेट सक्ने उद्धेश्यले पनि मनपरी खन्ने र पुर्ने काम हुदै आएको छ ।

 

तपाईको प्रतिक्रिया