Online Bichar
मंगलबार, बैशाख २५, २०८१ | Tuesday, May 7, 2024

गौरादह, २५ जेठ २०८० । अत्यधिक गर्मीका कारण पठनपाठन सञ्चालन गर्न कठिनाई भएको भन्दै झापाको गौरादह नगरपालिकाले विद्यालय बिदा दिने निर्णय गरेको छ ।

नगर प्रमुख छत्रपति सुवेदीको अध्यक्षतामा बसेको शैक्षिक सरोकारवालाको प्रतिनिधिमूलक बैठकको निर्णयबाट थप २६ गते शुक्रबार देखि २९ गते सोमबार सम्म नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु बिदा गर्ने निर्णय गरिएको गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखाले आज जारी गरेको छ ।

यस्तै, ३० गतेबाट नगरपालिकाले निर्णय गरे बमोजिम विद्यालय सञ्चालन गर्न अनुरोध गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति सँग आवश्यक समन्वय गरी वातावरण सहज नहुन्जेल सम्म विद्यालयको भौतिक अवस्थालाई मध्यनजर गरी पठनपाठनको व्यवस्था मिलाउने, विद्यालयमा हुने प्रार्थना लगायतका अतिरिक्त क्रियाकलाप वातावरण सहज नहुन्जेल सम्म नगराउने, कक्षाकोठामा पंखाको उपयुक्त व्यवस्थापन गरी विद्यार्थीको बसाई व्यवस्थापनलाई पातलो र सहज बनाउने, कक्षा कोठामा प्रशस्त पिउने पानीको व्यवस्था मिलाउने र खाजाको व्यवस्था गर्दा चिल्लो, पिरो र जंकफुड नभएको शुद्ध र ताजा खाजाको व्यवस्थापन गर्ने, विद्यालय बिदा पश्चात विद्यार्थीलाई सरासर घर पठाउने व्यवस्था मिलाउने, विद्यार्थीलाई दण्ड सजाय नगर्ने र बोझ हुनेगरी गृहकार्य नदिने, टिफिनको समयमा विद्यार्थीलाई बाहिरि वातावरणमा खेल्न नदिने, गर्मीका कारण विद्यार्थीहरुमा कुनै जटिल समस्या देखा परेमा तत्काल विद्यालय व्यवस्थापन समितिको बैठकबाट आवश्यक निर्णय गरी सोको जानकारी नगरपालिकामा गराउने ।

तपाईको प्रतिक्रिया