Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २१ जेठ २०८० । राष्ट्रियसभाले पूर्व सांसद मीना पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकले पूर्व सांसद पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

त्यसैगरी बैठकमा उहाँको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण पनि गरेको थियो ।

पाण्डे कांग्रेसको तर्फबाट २०४८, २०५१ र २०७४ मा प्रतिनिधिसभा सदस्य साथै २०६४ को संविधानसभा सदस्य हुनुहुन्थ्यो ।

राष्ट्रियसभाको अर्को बैठक जेठ २२ गते सोमबार अपरान्ह एक बजेर १ मिनेटका लागि बोलाइएको छ ।

 

तपाईको प्रतिक्रिया