Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, २१ जेठ २०८० । मौसममा आएको अचानक परिवर्तनका कारण अत्यधिक तापक्रम बढेको भन्दै झापाको गौरादह नगरपालिकाले थप दुई दिन विद्यालय बिदा दिने भएको छ । गर्मिका कारण बालबालिकाहरुलाई पठनपाठनमा असहज भएको भन्दै १९ र २१ गते विद्यालय बिदा गरिएको थियो ।

मौसममा अझै सुधार नआएको भन्दै नगर शिक्षा समितिको बैठकको निर्णय अनुसार आज(आईतबार)देखि थप २२ र २३ गते दुई दिन विद्यालय बिदा दिने निर्णय गरिएको गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ । अत्यधिक गर्मि बढेपछि विद्यार्थीहरुको स्वास्थ्यमा असर नहोस भनेर आगामी वर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालय बिदा दिइएको जनाइएको छ । पूर्व निर्धारित परिक्षा भने सञ्चालनमा रहने सूचना जनाएको छ ।

तपाईको प्रतिक्रिया