Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

जेबि खड्का
गौरादह, १७ जेठ २०८० । गौरादह नगरपालिका वडा नं.८ मा रहेको प्रगति माध्यमिक बिद्यालयले ६२औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ।

गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि छत्रपति सुवेदीले वार्षिक उत्सव कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै मेयर सुवेदीले बर्तमान समयको माग अनुसार नगर भित्र रहेका सामुदायिक बिद्यालयहरुलाई क्रमस प्राबिधिक धार तर्फ जोड्दै लगिने धारणा राखेका थिए।

बिद्यालय प्राङ्गणमा संचालन गरिएको बार्षिक उत्सव कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक डिल्लीराम अधिकारीले बिद्यालयको बार्षिक प्रगति प्रतिबेदन तथा आयब्याय प्रतिबेदन प्रस्तुत गरेका थिए।बार्षिक उत्सवको अवसर पारेर विभिन्न दाताहरु द्वारा बिद्यालयमा स्थापना गरिएको अक्षयकोषबाट बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो। स्व. बेद कुमारी उप्रेती स्मृति ट्रस्टबाट ५ सयका दरले २ जना, अम्बिका प्रसाद बिमला देबि श्रेष्ठ कोषबाट ५ सयका दरले ३ जना, स्व.होमनाथ बिष्णु काफ्ले स्मृति कोषबाट ५ सय दरले २ जना, चन्द्रमाया कार्की स्मृति कोषबाट ५ सयका दरले ४ जना, १ हजारका दरले ४ जना, स्व. मोहोन प्रसाद वाग्ले अक्षयकोषबाट २ हजारका दरले ४ जना, स्व। लक्ष्मीप्रसाद नन्दमाया र मदन कुमार मिश्र स्मृति कोषबाट २ हजारका दरले ३ जना, पुन्य प्रसाद टिकादेबि लम्साल स्मृति कोषबाट १ हजार ५ सयका दरले ३ जना, स्व।लक्ष्मीप्रसाद गंगामाया र धनमाया भेटुवाल स्मृति कोषबाट २ हजारका दरले ९ जना र डम्बर कुमारी बुढाथोकी स्मृति ट्रस्टबाट एक जनालाई १ हजार नगद र स्व. टेक बहादुर टुकमाया स्मृति अक्षयकोषबाट २ हजारका दरले ४ जना स्व.नर बहादुर पबित्रा देबि बुढाथोकी स्मृति कोषबाट १ हजारका दरले २ जनालाई प्रमाणपत्र सहित बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो।

शैक्षिक अभियान्ता रामचन्द्र सुवेदीद्वारा १ जना बिद्यार्थीलाई १ हजार ५ सय बराबरको शैक्षिक सामग्री बितरण गरिएको थियो।सोही अवसरमा गत बर्षको बार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने पुर्ब प्रा.बि.देखि १२ सम्मका बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो। बार्षिक उत्सवको अवसरमा बिद्यालयले आयोजना गरेको खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पनि पुरस्कार बितरण गरिएको थियो।प्रगति माध्यमिक बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष सोभाध्वज सिंह माक्राको अध्यक्षतामा सम्पन्न बार्षिक उत्सब कार्यक्रममा गौरादह नगर शिक्षा शाखा प्रमुख बिदुर आचार्य, वडा नं.७ का वडाध्यक्ष बलराम खरेल, वडा नं.८ का वडाध्यक्ष गणेश राजवंशी, बिद्यालय व्यवस्थापन समिति पुर्ब अध्यक्ष अमर बहादुर बिष्ट लगायतले शुभकामना मन्तब्य राखृका थिए। बिद्यालयका सहायक प्रधानाध्यापक बिष्णु लुइँटेलले स्वागत मन्तब्य राखेको कार्यक्रममा बिद्यालयका शिक्षक दिननाथ कडेरिया र पदम दाहालले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया