Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, १४ जेठ २०८० । झापा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ४ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका-१ का २५ वर्षिय बिनोद चौधरी, बिर्तामोड नगरपालिका-४ का ३० वर्षिय बिकि साह, साबिक अनारमनी गा.बि.स.३ हाल बिर्तामोड नगरपालिका-३ बस्ने ३१ वर्षिय छोटु भन्ने महोम्द मियाँ र बुद्धशान्ति गाउँपालिका-३ का ३७ वर्षिय समिर प्रधान रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

गौरादहका चौधरीलाई झापा जिल्ला अदालतको २०७९ मंसिर १८ गतेको फैसला अनुसार सवारी ज्यान मुद्धामा १ महिना कैद र पिडित राहत कोषमा २ सय क्षतिपुर्ति शुल्क जम्मा गर्नु पर्ने फैसला भएकोमा उनि फरार रहेका थिए । उनलाई यहि १२ गते मंगलबार पक्राउ गरिएको जनाइएको छ । यहि १३ गते पक्राउ परेका बिर्तामोडका साहलाई झापा जिल्ला अदालतको २०७९ असार १९ गतेको फैसला अनुसार चोरी मुद्धामा १ बर्ष ४ महिना कैद, १० हजार जरिवाना र जाहेरवालालाई २० हजार क्षतिपुर्ति शुल्क जम्मा गर्नु पर्ने फैसला भएकोमा फरार रहेका थिए । यस्तै, मियाँलाई २०७९ असार १९ गतेको फैसला अनुसार चोरी मुद्धामा १ बर्ष ३ महिना कैद र ७ हजार जरिवाना फैसला भएकोमा उनि फरार रहेका थिए । बुद्धशान्तिका प्रधानलाई झापा जिल्ला अदालतको २०७५ माघ २१ गतेको फैसला अनुसार लागुऔषध (हेरोइन) मुद्धामा ४ महिना कैद फैसला भएको थियो ।

फरार प्रतिवादीहरु चारै जनालाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । उनिहरुलाई फैसला कार्यन्वयनको निमित्त झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइए पश्चात अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको प्रवक्ता रिजालले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया