Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १२ जेठ २०८० । ज्यान मार्ने उद्योग मुद्धामा फरार रहेका १ जना फरार प्रतिबादीलाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा साबिक टाघनडुब्बा गा.वि.स-९ हाल झापा गाउँपालिका-३ का ३९ वर्षिय भुपेन भन्ने रुपबहादुर राय रहेका छन् ।

झापा जिल्ला अदालतको २०७३ असोज ११ गतेको फैसला अनुसार ज्यान मार्ने उधोग मुद्धामा फरार रहेका रायलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले आज(शुक्रबार) पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । फैसला कार्यन्वयनको निमित्त झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हुँदा अदालतको आदेशले उनलाई कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको प्रवक्ता रिजालले बताउनुभयो। रायलाई ५ वर्ष कैद सजाय तोकिएको छ ।

तपाईको प्रतिक्रिया