Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ८ जेठ २०८० । झापाको बुद्धशान्ति गाउँपालिका-३ मा एउटा जंगली हात्ती मृत फेला परेको छ । साबिक बुधबारे गाविस-८ शितलचोकका एकजना किसानको खेतमा आज बिहान सो हात्ती मृत फेला परेको हो ।

करिव २५ वर्षको पोथी हात्तीको विद्युतीय करेन्टका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । हात्तीको मृत्युबारे अनुसन्धान गर्न कोशी टप्पुबाट टोली बोलाइएको डिभिजन वन कार्यालयका अधिकृत जीवन पाठकले बताए ।
योसहित यस वर्षमात्र झापामा विद्युतीय करेन्टका कारण दुईवटा हात्तीको मृत्यु भइसकेको छ । गत वर्ष तीनवटा हात्ती त्यसरी मारिएका थिए ।

 

तपाईको प्रतिक्रिया