Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ४ जेठ २०८० । झापाको दमकबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-४ का २८ वर्षिय दाम भन्ने सुसन धिमाल, दमक-९ का २७ वर्षिय अभिषेक विश्वकर्मा र २० वर्षिय तिन्तुस मुन्ना रहेका छन् ।

बुधबार साँझ ६ बजेको समयमा दमक-४ अडिया महल स्थितमा ब्राउन सुगर बिक्री वितरण गरिरहेको छ भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटीएको प्रहरी टोलीले चेकजाँच गर्दा तिन्तुस मुन्नाले मलद्वारमा लुकाई राखेको १० ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । उनिहरुको साथबाट को ३९ प ६८७५ नम्वरको R15 मोटरसाइकल, को १४ प २२९० नम्वरको बुलेट मोटरसाईकल र २ थान मोबाइल सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । यस्तै, दमक-९ का २५ वर्षिय रोशन विश्वकर्मा समेत संलग्न रहेको भनि खुल्न आएकोले उनको खोजतलास भइरहको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया