Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

जेबि खड्का
गौरादह, २६ वैशाख २०८० । गौरादह नगरपालिका भित्र रहेका संस्थागत र सामुदायिक बिद्यालयका स्काउटमा आबद्ध शिक्षकहरुलाई बि.टि.सि आधारभूत स्काउट तालिम संचालन गरिएको छ। स्काउटको आधारभूत ज्ञान दिने उदेश्यले आयोजना गरिएको तालिममा स्काउट संचालन भएका माध्यमिक र आधारभूत बिद्यालयका २४ जना शिक्षकहरु सहभागी भएका छन।

गौरादह नगरपालिकाको आयोजनामा संचालन गरिएको स्काउट तालिमको ब्यबस्थापन कार्यक्रमको सभापति समेत रहेकी गौरादह नगर स्काउट संयोजक गंगा कार्कीले गरेकी थिइन। तालिममा सहभागी शिक्षकहरुलाई स्काउटमा सहभागी भएपछि गर्नुपर्ने आधारभूत कामहरुको बारेमा प्रशिक्षण दिइने स्काउटका तालिम प्रमुख अरुण बस्नेतले जानकारी गराएका छन। शिक्षकहरुका लागि संचालन गरिएको ६ दिने तालिममा सहजकर्ताहरु नारायण श्रेष्ठ, बद्री अधिकारी, अर्पण थापा मगर, बिक्रम तिवारीले प्रशिक्षण दिने गौरादह नगर स्काउटका ब्यबस्थापक प्रकाश भट्टराईले जानकारी गराएका छन। तालिममा सहभागी शिक्षकहरुलाई स्काउटमा आबद्ध भएपछि गर्न हुने र गर्न नहुने, समाज सेवा, स्काउटको आधारभूत ज्ञान, प्राथमिक उपचार, लागू औषध, दुर्बेसनी, साइवर क्राइमका साथै ब्यबहारिक ज्ञन दिइने जनाइएको छ।

कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले बिद्यालयमा रहेका बिद्यार्थीहरुलाई स्काउटको अवधारणा दिन पहिलो चरणमा शिक्षकलाई तालिमको आयोजना गरिएको बताएका छन।गौरादह नगर शिक्षा शाखा प्रमुख टेकनाथ रेग्मीले बिद्यार्थीहरुमा शिक्षण शिकाईका साथै अनुशासनको समेत बिकाश गर्न आवश्यक रहेकाले स्काउटले सहयोग गर्ने धारणा राखेका थिए। कार्यक्रममा गौरादह नगरपालिका उपमेयर जलबर्षा राजवंशी,संस्थागत बिद्यालयका भिम बिजय बाँस्तोला लगायतले शुभकामना मन्तब्य राखेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया