Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २३ वैशाख २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्माबीच शनिबार भेटघाट भएको छ ।

समसमायिक राजनीतिक विषयमा उहाँहरूबीच छलफल भएको बताइएको छ । यसअघि बिहीबार पनि ओलीले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्नुभएको थियो । भेटका क्रममा भुटानी शरणार्थी बनाएर विदेश पठाउने भन्दै ठगी गरेको घटनाका बारेमा छलफल भएको थियो ।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएपछि ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको हो । ओलीले भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई षड्यन्त्र पूर्वक समाउन खोजेको भन्दै घटना रहस्यमय भएको बताउँदै आउनुभएको छ ।

यस प्रकरणमा पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको नाम पनि बयानको क्रममा आएको र प्रहरीले त्यसलाई हटाएको एमाले स्रोतले दावी गरेको छ । खाणले पनि यस प्रकरणमा आफू संलग्न नरहेको भन्दै विज्ञप्ति जारी गर्नुभएको छ । खाण गृहमन्त्री भएका बेलामा गृहसचिव रहेका टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पक्राउ गरेसँगै खाणको भूमिकामाथि पनि प्रश्न उठेको हो ।

यस्तै, पूर्वगृहमन्त्री एवं एमालेकै नेताका उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार पनि पक्राउ परेका छन् । उनीसँगै बादलका छोरा प्रतिक, इन्द्रजितका छोरा निरजविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

यस्तै टोपबहादुर रायमाझीका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् । यस घटनामा प्रहरीले अहिलेसम्म ९ जनालाई पक्राउ गरेको छ । यसमा पक्राउ पर्नेको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले यस घटनाको अनुसन्धान संगठित अपराध कसुरमा गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया