Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

जेबि खड्का
गौरीगंज, १६ वैशाख २०८० । सिमाक्षेत्रबाट हुने लागु औषध दुव्यर्सनी प्रयोग कर्ता र ओसारपसार नियन्त्रणका लागि ईलाका प्रहरी कार्यालय गौरीगंजले नागरिक स्तरमा सचेतना कार्यक्रम संचालन गरेको छ।

नेपालीको भारतीय क्षेत्रमा खुल्ला सिमाना रहेकाले लागू औषध ओसारपसार, प्रयोगकर्ता र चोरीका घटना बढ्न सक्ने संभावनालाई न्युनिकरण गर्न नागरिकलाई सजग गराउने कार्य गरिरहेको छ। सिमा क्षेत्रमा बसोबास गरिरहेका नेपाली नागरिकहरुको जीउधनको सुरक्षा गर्न प्रहरीले निरन्तर गस्ती गरिरहेपनि नागरिक पनि सजग रहनु पर्ने सचेतना कार्यक्रममा ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रमुख बिजय कार्कीले बताएका छन्।

नागरिक सचेतना कार्यक्रममा प्रहरी प्रमुख कार्कीले गाउँ घरमा कुनै प्रकारको असहज परिस्थिति देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन अनुरोध गरेका छन्। नागरिकहरुको समस्या प्रति प्रहरी उत्तरदायी रहेकाले अफ्ठयारो परिस्थितीमा सुचना पाउन साथ प्रहरी उपस्थित हुने जानकारी गराएका छन् । नागरिक सचेतना कार्यक्रममा प्रहरी प्रमुख कार्कीले लागु औषध दुव्यर्सनी मात्र नभएर नागरिकहरुले चोरी घरेलु हिंसा, मानव बेच बिखन जास्ता समस्याहरु भोगीरहेकाले यस तर्फ पनि जनताहरु सजग हुनुपर्ने बताएका छन् । सिमा क्षेत्रमा अवाञ्छित गतिविधि हुन नदिन प्रहरीले नियमित चेकजाँच कार्यलाई तिब्रता दिएजस्तै नागरिकहरुले पनि प्रहरीलाई सहयोग गर्न आग्रह गरेका छन् । बाहिरि क्षेत्रबाट अपरिचित ब्यक्ती आएर वा चिनजानका ब्यक्तिले विभिन्न प्रकारका लोभ लालच देखाएमा वा प्रलोभनमा पार्न चाहेमा त्यसको पछाडि नलाग्न अनुरोध गरेका छन् ।

सीमाक्षेत्रबाट हुने गरेका अवाञ्छित गतिविधि वा नेपाली नागरिकका समस्याहरुलाई सुक्ष्म तरिकाबाट अध्ययन गरि नियन्त्रण गर्न यस क्षेत्रमा सादा पोशाकका प्रहरी परिचालन गरेको प्रहरी प्रमुख कार्कीले बताएका छन् । नागरिकहरुमा कुनै प्रकारको समस्या आउन नदिन प्रहरीले गौरीगंज गाउँपालिका भित्रका सबै वडामा सचेतता कार्यक्रम संचालन गर्ने जानकारी गराएका छन् । हाल सम्म गौरीगंज गाउँपालिकाका तेलकानी,ठेकिटोला,चिलारा, फत्तेपुर,भवानीपुर क्षेत्रमा सचेतना कार्यक्रम संचालन गरिएको बताएका छन।

तपाईको प्रतिक्रिया