Online Bichar
आइतबार, फाल्गुण २०, २०८० | Sunday, March 3, 2024

झापा, १३ वैशाख २०८० । कोरोना संक्रमणबाट आज १ जनाको मृत्यु भएको छ भने, ८२ जना नयाँ संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट ४ सय ९४ र एन्टीजेन परिक्षणबाट १ हजार १ सय ४० जनामा गरि १ हजार ६ सय ३४ जनामा नमुना परिक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ । जसमा पीसीआर बाट ३७ र एन्टीजेन बाट ४५ गरि ८२ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज ६५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या आज ३ सय ६१ पुगेको जनाइएको छ । यस्तै, १० गते देखी आज सम्म गरी ८८ हजार ६ सय ४३ जनाले कोरोनाको खोप लगाएका छन् । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या २९ पुगेको छ भने, आई।सि।युमा रहनेको संख्या ५ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या १ रहेको मन्त्रालयले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया