Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

शान्ति सुब्बा
दमक, १२ वैशाख २०८० । झापाको दमकमा अर्किड मल्टिस्पेसियालिटि डेन्टल क्लिनिक सञ्चालनमा आएको छ । दमक-८ मा रहेको नमस्ते पब्लिक हस्पिटलको पहिलो तलामा सोमबार देखि अर्किड मल्टिस्पेसियालिटि डेन्टल क्लिनिक सञ्चालनमा आएको हो ।

करिब ७ वर्षको अनुभव सहित दाँतका बिरामीहरुलाई छिटो छरितो रुपमा अत्याधुनिक सेवा दिन क्लिनिक सञ्चालनमा ल्याएको अर्किड मल्टिस्पेसियालिटि डेन्टल क्लिनिकका सिनियर डेन्टल सर्जन डा.पवन कुमार सिंहले जानकारी दिनुभयो । हाल यस क्लिनिकमा डा.पवन सँगै कन्सल्टेन्ट डेन्टल सर्जन डा.रत्न मिसालले सेवा प्रदान गर्नुहुनेछ ।

डा.पवनका अनुसार क्लिनिकमा आउने सेवाग्राहीहरुले अबको १ महिना सम्म निःशुल्क दन्त परिक्षण गराउन पाउनेछन् भने, यस क्लिनिकबाट डिजिटल एक्स-रे, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जराबाट नै उपचार गर्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, इम्प्लान्ट गरी फिक्स दाँत राख्ने, बाँगो टिँगो दाँत मिलाउने, बच्चाको दाँतको सम्पूर्ण हेरचाह, दाँत फुकाल्ने (सजिलो र सामान्य अप्रेशन गरेर), सामुदायिक दन्त कार्यक्रम, आम समुदायलाई जनचेतना लगायतको सेवाहरु प्रदान गरिने सिनियर डेन्टल सर्जन डा.सिंहले जानकारी दिनुभयो । सामुदायिक दन्त कार्यक्रम अन्तर्गत विगतका दिनहरुमा समुदायमा गएर निःशुल्क दन्त परिक्षण, निःशुल्क दाँत निकाल्ने, ब्रस पेस्ट बाँड्ने लगायतको कार्यक्रमहरु पनि गर्दै जाने डा.सिंहले बताउनुभयो ।

हप्तामा सातै दिन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म यस क्लिनिकबाट सेवा लिन सकिनेछ ।

बिरामीहरुले अझ राम्रो उपचार पाउन सकून भन्ने सोचले आगामी दिनमा क्लिनिकले अझ नयाँ-नयाँ गुणस्तरीय सेवा सुविधाहरु थप गर्दै लैजाने योजना बनाएको डा. सिंहले बताउनु भएको छ ।

नोटः डा.साप सँग ९८१९२३९७५७ मा सम्पर्क गर्नसक्नुहुनेछ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया