Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

पाँचथर, ९ वैशाख २०८० । आगलागी हुँदा पाँचथरको कुम्मायक गाउँपालिका-३ हात्तीपोखरीका इन्द्रप्रसाद थापाको घर जलेर नष्ट भएको छ ।

शनिबार बिहान १० बजेतिर अचानक आगलागी हुँदा थापाको २ तले घरसहित धान, मकै, दाल, भाँडाकुँडा, नगद र सुन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार आगलागीबाट १४ लाख ७५ रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रहरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । आगो निभाउन स्थानीय र प्रहरी खटिएका थिए ।

तपाईको प्रतिक्रिया