झापा, ९ वैशाख २०८० । कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । शुक्रबार मात्र कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७८ जना संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट २ सय २४ र एन्टीजेन परिक्षणबाट ९ सय २४ जनामा गरि १ हजार १ सय ४८ जनामा नमुना परिक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ । जसमा पीसीआर बाट २० र एन्टीजेन बाट ५८ गरि ७८ जनामा कोरोना संक्रमण देखिएको हो ।
आज ५० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या आज ३ सय ८३ पुगेको जनाइएको छ । यस्तै, आज १३ हजार ३ सय ४६ जनाले कोरोनाको खोप लगाएका छन् । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या २५ पुगेको छ भने, आई।सि।युमा रहनेको संख्या ७ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या ३ रहेको मन्त्रालयले जनाएको छ ।