झापा, ८ वैशाख २०८० । कोरोना संक्रमणबाट आज १ जनाको मृत्यु भएको छ भने, एकैदिन १ सय ६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट ५ सय ८१ र एन्टीजेन परिक्षणबाट १ हजार ३ सय २ जनामा गरि १ हजार ८ सय ८३ जनामा नमुना परिक्षण गर्दा १ सय ६ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ । जसमा पीसीआर बाट ६४ र एन्टीजेन बाट ४२ गरि १ सय ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
आज ४६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या आज ४ सय १४ पुगेको जनाइएको छ । यस्तै, आज ३५ हजार ९७ जनाले कोरोनाको खोप लगाएका छन् । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या २५ पुगेको छ भने, आई।सि।युमा रहनेको संख्या ७ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या ३ रहेको मन्त्रालयले जनाएको छ ।