झापा, ७ वैशाख २०८० । देशभर पछिल्लो २४ घण्टामा १ सय ३ जना संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट ७२ जना र एन्टीजेन बाट ३१ जना गरि १ सय ३ जना संक्रमित थप भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट ४ सय ५६ र एन्टीजेन परिक्षणबाट १ हजार १ सय ८९ जना गरि १ हजार ६ सय ४५ जनामा नमुना परिक्षण गर्दा १ सय ३ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ ।
आज ६१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या आज ३ सय ९७ पुगेको जनाइएको छ । यस्तै, आज ८ हजार ९ सय ५८ जनाले कोरोनाको खोप लगाएका छन् । कोरोना संक्रमणबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या २६ पुगेको छ भने, आई।सि।युमा उपचाररत रहनेको संख्या ८ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या ३ रहेको मन्त्रालयले जनाएको छ ।