Online Bichar
मंगलबार, आषाढ ०५, २०८१ | Tuesday, June 18, 2024

झापा, ६ वैशाख २०८० । देशभर पछिल्लो २४ घण्टामा १ सय ८ जना संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट ५५ जना र एन्टीजेन बाट ५३जना गरि १ सय ८ जना संक्रमित थप भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट ७ सय ७९ र एन्टीजेन परिक्षणबाट १ हजार ६ सय ७२ जना गरि २ हजार ४ सय ५० जनामा नमुना परिक्षण गर्दा १ सय ८ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ ।

आज ६६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या आज ३ सय ८६ पुगेको जनाइएको छ । यस्तै, आज ४५ हजार ६ सय ५२ जनाले कोरोनाको खोप लगाएका छन् । कोरोना संक्रमणबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या २१ पुगेको छ भने, आई।सि।युमा उपचाररत रहनेको संख्या ७ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या ३ रहेको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया