Online Bichar
मंगलबार, आश्विन ०९, २०८० | Tuesday, September 26, 2023

झापा, ५ वैशाख २०८० । दिन प्रतिदिन प्रकोपको रुपमा बढ्दै गरेको कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । सोमबार मात्रै १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन १ सय ७१ जना संक्रमित थपिएका छन् । पीसीआर परिक्षणबाट ९ सय ८० र एन्टीजेन परिक्षणबाट १ हजार ३ सय १२ जनामा गरि २ हजार २ सय ९२ जनामा नमुना परिक्षण गर्दा १ सय ७१ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ । जसमा पीसीआर बाट १ सय ५ र एन्टीजेन बाट ६६ गरि १ सय ७१ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज ८५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या आज ३ सय ९७ पुगेको जनाइएको छ । यस्तै, आज ३१ हजार ४ सय ९३ जनाले कोरोनाको खोप लगाएका छन् । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या २२ पुगेको छ भने, आई।सि।युमा रहनेको संख्या ८ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या ४ रहेको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया