झापा, ४ वैशाख २०८० । कोरोना संक्रमणबाट आज १ जनाको मृत्यु भएको छ भने, एकैदिन १ सय ४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट ५ सय ७१ र एन्टीजेन परिक्षणबाट १ हजार ६१ जनामा गरि १ हजार ६ सय ३२ जनामा नमुना परिक्षण गर्दा १ सय ४ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ । जसमा पीसीआर बाट ६३ र एन्टीजेन बाट ४१ गरि १ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ ।
आज ६० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या आज ३ सय ७९ पुगेको जनाइएको छ । यस्तै, आज २६ हजार ६ सय ७५ जनाले कोरोनाको खोप लगाएका छन् । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या ३४ पुगेको छ भने, आई।सि।युमा रहनेको संख्या ७ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या ३ रहेको मन्त्रालयले जनाएको छ ।