Online Bichar
शुक्रबार, आषाढ ०१, २०८१ | Friday, June 14, 2024

झापा, ४ वैशाख २०८०। सरकारले यही वैशाख ६ र ७ गते बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । आफ्‍ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

सरकारले प्रत्येक वर्ष बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ । कोरोना संक्रमण बढ्दै गएको छ । जसका कारण भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्क प्रयोग गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया