Online Bichar
आइतबार, आश्विन १४, २०८० | Sunday, October 1, 2023

धनकुटा, ४ वैशाख २०८० । धनकुटा नगरपालिका(२ का अभिभावक विहीन भएका १७ वर्षीय विवेक राईले उपचारको लागि आर्थिक सहयोगको गरिदिन आग्रह गर्नुभएको छ ।

कुटनी–पिसनी मिलमा काम गर्ने क्रममा दुर्घटनामा परी अण्डाकोषमा गहिरो चोट लागेका राईले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गर्नुभएको हो । ११ वर्ष अघि आमा निशा राईको मृत्यु भएको र बुबा हर्कबहादुर राई समेत १४ वर्ष अघि वैदेशिक रोजगारीमा जानुभएको थियो ।

तर त्यस यता सम्पर्क विहीन भएकाले उहाँको उपचारमा समस्या भएको हो । छथर जोरपाटी गाउँपालिका-५ मा रहेको आफ्नी फुपुको घरमा बस्दै आउनुभएका राईको गत चैत्र ११ गते सोही ठाउँमा रहेको रमेश थापाले सञ्चालन गरेको मिलमा काम गर्ने क्रममा दुर्घटनामा पर्नु भएको थियो ।

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचार गर्दा करिब २ लाख खर्च भएको र छुट्टिएको अण्डाकोष जोड्न अर्को अपरेशन गर्न आर्थिक अभाव भएकाले उहाँकी ठूली आमा धनकुमारी राईले बताउनुभयो । अपरेशन गर्न कति पैसा लाग्छ भनेर डाक्टरहरुले समेत भन्न नसकेको राईको भनाइ छ ।

मिल सञ्चालक थापाले राईको उपचारमा खर्च भएको रकमको आधा बेहोर्ने भने पनि थप रकमको अभाव रहेको उहाँले बताउनुभयो ।ईमेजखबरबाट

 

तपाईको प्रतिक्रिया