Online Bichar
बुधबार, आश्विन १०, २०८० | Wednesday, September 27, 2023

झापा, १ वैशाख २०८० । देशभर पछिल्लो २४ घण्टामा १ सय ३६ जना संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट ३४ जना र एन्टीजेन बाट १ सय २ जना गरि १ सय ३६ जना संक्रमित थप भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट १ सय ९७ र एन्टीजेन परिक्षणबाट १ हजार २ सय २७ जना गरि १ हजार ४ सय २४ जनामा नमुना परिक्षण गर्दा १ सय ३६ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ ।

आज ६८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या आज ४ सय १ पुगेको जनाइएको छ । यस्तै, आज ६४ हजार ८ सय ५७ जनाले कोरोनाको खोप लगाएका छन् । कोरोना संक्रमणबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या ३२ पुगेको छ भने, आई।सि।युमा उपचाररत रहनेको संख्या ११ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या ३ रहेको मन्त्रालयले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया