Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौँ, २७ चैत २०७९ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष आचार्य प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार नियुक्त भएको प्रधानमन्त्री सचिवालयले जनाएको हो ।

आचार्यको विभिन्न मिडियामा लामो समय आबद्ध भई काम गरेको अनुभव छ । उनी यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार भएका थिए ।

प्रधानमन्त्रीको प्रेस विज्ञमा मनहरि तिमिल्सेना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा छन् ।

 

तपाईको प्रतिक्रिया